काठमाडौं । विगतको सहयोगलाई निरन्तरता दिदै सानिमा बैंकले टिथ फर नेपाललाई १० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ।
सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दूरदर्शीताका साथ बैंकले विगत ६ वर्षदेखि यस क्षेत्रमा सहयोग गर्दै आएको छ ।
बैंकको सहयोगले हाल ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुका १० हजारभन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेको छ।
साथै, बैंकले विगत ७ वर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
हाल बैंकका देशभर ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।