उतारचढावका बीच बढ्यो सेयर बजार, यी कम्पनीका लगानिकर्ताले कमाए सबैभन्दा धेरै

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार सेयर बजार मापक सूचक नेप्से ३२.२२ अंकले बढेर २५४६.०८ को बिन्दुमा रोकीएको हो ।

 

आज २२७ कम्पनीको ९४ लाख ७७१ हजार ३११ कित्ता सेयर कारोबार भएको हो । यसदिन ६९ हजार ८ सय ८८ पटकमा ४ अर्ब ५४ करोड २३ लख ४५ हजार रुपैयाँँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.४५ प्रतिशतले बढेको छ ।

 

यस्तै, हाइड्रो पावर र फाइनान्स समूहको पनि सेयर मूल्य २ प्रतिशत भन्दा धेरैले बढेको छ । यस दिन सबैभन्दा धेरै सेयर कारोबार हुुने कम्पनीमा नविल बैेंक रहेको छ । यसको १७ करोड १५ लाख रुपैेयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

यस्तै, नेशनल हाइड्रोको १५ करोड ३२ लाख,हिमालयन डिस्ट्रीलरीको १४ ककरोड ९७ लाख, महालक्ष्मी विकास बैंक १४ करोड ४५ लाख र नेपाल दुरसंञ्चार कम्पनी १३ करोड रुपैयाँँको कारोबार हुँदैे सर्वाधिक कारोबार हुने हुने कम्पनीको शीर्ष पाँचमा रहे ।

 

आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् । यस्तै, एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.५५ प्रतिशतले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुमाउनेमा जनउत्थान सामुदायीक लघुवित्तका लगानीकर्ता रहेका छन् । यसदिन उक्त संस्थाको सर्वाधिक ६.८८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

यसैगरी न्यादी हाइड्रोपावरका लगानीकर्ताले करिब ५ प्रतिशतले गुमाएउका छन् ।

नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि, कन्ट्याक्ट ट्रेसिंगमा परेका सबैको नतिजा नेगेटीभ Read Previous

नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि, कन्ट्याक्ट ट्रेसिंगमा परेका सबैको नतिजा नेगेटीभ

मध्यपहाडी लोकमार्गः सहर निर्माणले गति लियो, कुन सहरमा कति भयो काम ? Read Next

मध्यपहाडी लोकमार्गः सहर निर्माणले गति लियो, कुन सहरमा कति भयो काम ?