नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि, कन्ट्याक्ट ट्रेसिंगमा परेका सबैको नतिजा नेगेटीभ

नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सोमबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएको हो ।

 

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

 

दुवैजना अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

 

उक्त दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको मन्त्रालयले जनाएको छ ।

 

ती व्यक्ति गत मंसिर ३ गते नयाँ भेरिएन्ट पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जानकारी दिएको छ । ती व्यक्ति र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा मंसिर ७ गते कोरोना पुष्टि भएको थियो । उनीहरूबाट संकलन गरिएको नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा आइतबार ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा ओमिक्रोन भेरियन्ट संक्रमित भेटियो Read Previous

नेपालमा ओमिक्रोन भेरियन्ट संक्रमित भेटियो

उतारचढावका बीच बढ्यो सेयर बजार, यी कम्पनीका लगानिकर्ताले कमाए सबैभन्दा धेरै Read Next

उतारचढावका बीच बढ्यो सेयर बजार, यी कम्पनीका लगानिकर्ताले कमाए सबैभन्दा धेरै