पिपुल्स हाइड्रोपावरले ९६ करोडको आइपीओ जारी गर्ने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपी) निस्काशनको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहने भएको छ ।

 

सो हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरिएको कोषले जनाएको छ ।

 

सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरे ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधरण सेयर जारी गर्ने भएको छ । यस हाइड्रोपावर कम्पनीले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट विद्युत् उत्पादन गर्नेछ । कम्पनीको निस्काशन तथा विक्री प्रबन्धका रुपमा सानिमा क्यापिटल रहेको छ ।

जी-२० ले ऋण नदिए ‘धेरै मुलुक आर्थिक सङ्कट’मा फस्ने चेतावनी Read Previous

जी-२० ले ऋण नदिए ‘धेरै मुलुक आर्थिक सङ्कट’मा फस्ने चेतावनी

व्यवसाय विस्तारमा नयाँ बीमा कम्पनीको छलाङ, एक चौथाई हिस्सा नेपाल लाइफको, कुनको कति ? Read Next

व्यवसाय विस्तारमा नयाँ बीमा कम्पनीको छलाङ, एक चौथाई हिस्सा नेपाल लाइफको, कुनको कति ?