जी-२० ले ऋण नदिए ‘धेरै मुलुक आर्थिक सङ्कट’मा फस्ने चेतावनी

वासिङटन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बिहीबार जी–२० मा रहेका उन्नत अर्थतन्त्र भएका मुलुकलाई ऋण राहतको पहललाई विस्तार गर्न र सुधार गर्न आग्रह गरेको छ । सहायता बिना धेरै देशले सङ्कटको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

 

आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले आफ्नो ब्लगमा लेखेकी छिन्, “शक्तिशाली अर्थतन्त्र भएका जी–२० सदस्य राष्ट्रहरूले कर्जा पुनः संरचना योजना र राहतका सेवा निलम्बन रोक्न सहमत नभएसम्म केही देशहरूमा आर्थिक पतन देख्न सक्छौं ।’

 

‘जी–२० डेट सर्भिस सस्पेन्सन इनिसिएटिभ’ (डीएसएसआई) नवीकरण बिना वर्षको अन्तमा समाप्त हुँदैछ । नयाँ कोभिड–१९ भेरिएन्ट फैलिरहेको र ब्याज दर बढ्ने अनुमान गरिएझैं देशहरूले वित्तीय दबाब र खर्चमा कटौती सामना गर्न सक्ने जर्जिएभाले बताए ।

 

जर्जिएभाले कोषको रणनीति, नीति र समीक्षा विभागका निर्देशक सिला पजारबासिओगलुद्वारा सह–लेखन गरिएको ब्लगमा भनिएको छ, “कमजोर अर्थतन्त्र रहेका मुलुकहरूलाई कर्जाको चुनौतिका कारण सङ्कट भइरहेको अवस्थामा अग्रगामी कदम चाल्नु जरुरी छ । हालैको ओमिक्रोन भेरिएन्ट सङ्क्रमणले केही समयसम्म हामीबीच महामारील रहनेछ भन्ने कुराको स्पष्ट सङ्केत गर्दछ ।’

 

कर्जा राहत कार्यक्रमको समस्या र निजी ऋणदाताहरूसँग व्यवहार गर्ने साझा ढाँचालाई ध्यानमा राख्दै अहिलेसम्म चाड, इथियोपिया र जाम्बिया गरी तीन देशहरूले मात्र राहतका लागि आवेदन गरेका छन् तर उनीहरूले पनि ‘गम्भीर विलम्बको’ सामना गरिरहेका छन् ।एएफपी

नागढुंगा सुरुङमार्गको २५ प्रतिशत काम सम्पन्न, अहिलेसम्म कति खनियो ? Read Previous

नागढुंगा सुरुङमार्गको २५ प्रतिशत काम सम्पन्न, अहिलेसम्म कति खनियो ?

पिपुल्स हाइड्रोपावरले ९६ करोडको आइपीओ जारी गर्ने Read Next

पिपुल्स हाइड्रोपावरले ९६ करोडको आइपीओ जारी गर्ने