ई-सेवाबाट यती एयरलाइन्सको टिकट काट्दा रू. ३०० क्यासब्याक पाइने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्स र डिजिटल पेमेन्ट प्लाटफर्म ईसेवाले हवाई यात्रु आकर्षित गर्न क्यासब्याक अफर ल्याएका छन् ।

 

दुई कम्पनीको सहकार्यमा यस्तो अफर ल्याएका हुन् । अफर अनुसार ईसेवा मार्फत यती एयरलाइन्स र तारा एयरको टिकट काट्ने ग्राहकले ३०० रुपैयाँ क्यासब्याक पाउने भएका छन्।

 

यो अफर डिसेम्बर १ तारिखबाट लागू भएको छ ।  यसअघि ई सेवाबाट टिकट काट्दा ईसेवाले मात्रै केही प्रतिशत क्यासब्याक दिने गरेको थियो । यतीले पछिल्लो समय यात्रुलाई आकर्षित गर्न विभिन्न अफर ल्याइरहेको छ ।

 

हाल यतीले ५ वटा एटीआर-७२ सिरीजका जहाज र ताराले चारवटा ट्वीनअटर जहाजमार्फत देशका विभिन्न सुगम र दुर्गम गन्तव्यमा उडान गर्दै आएको छ।

कर्णाली र सुदूरपश्चिममा भरपर्दो बिजुली पुर्‍याउन विशेष योजना, २५ अर्ब खर्च गरिँदै Read Previous

कर्णाली र सुदूरपश्चिममा भरपर्दो बिजुली पुर्‍याउन विशेष योजना, २५ अर्ब खर्च गरिँदै

उद्योगले मागेजति बिजुली पाए कति घट्छ सिमेन्टको भाउ ? Read Next

उद्योगले मागेजति बिजुली पाए कति घट्छ सिमेन्टको भाउ ?