पुराना निर्जीवन बीमा कम्पनीलाई अजोडको टक्कर, शिखरको वर्चश्व कायमै, कुनले कति संकलन गरे प्रिमियम ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आक्रमक रुपमा व्यवसाय विस्तार गरेका छन् । चालू आर्थिक वर्ष २०७८/७९ को चार महिना (साउन–कात्तिक) सम्ममा निर्जीवन बीम कम्पनीहरुले व्यवसाय २७.३४ प्रतिशतले वृद्धि गर्न सफल भएका हुन् ।

 

बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिकसम्म निर्जीवन बीमा कम्पनीहरु (राष्ट्रिय बीमा कम्पनी बाहेक)ले कुल १२ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

 

यो गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब २१ करोड रुपैयाँले बढी हो । गत वर्षको कात्तिकसम्म निर्जीवन बीमा कम्पनीहरुले कुल ९ अर्ब ८८ करोड प्रिमियम संकलन गरेका थिए ।

 

पछिल्लो समय कोरोनाको प्रभाव कम हुँदै जाँदा अर्थतन्त्र चलायमान भएसँग निर्जीवन बीमा कम्पनीहरुको व्यापार पनि वृद्धि भएको छ । अटोमोबाइल क्षेत्र गुलजार हुनु, विदेशी वस्तुको आयात बढ्नु, निर्माण कार्यले गति लिनु लगायत कारणले निर्जीवन बीमा कम्पनीको व्यापार बढाएको देखिन्छ ।

 

शिखर इन्स्योरेन्सको वर्चश्व कायमै

 

व्यापारमा शिखर इन्स्योरेन्सले आफ्नो वर्चश्व कायमै राखेको छ । कात्तिकसम्म शिखरले १ अर्ब ३८ करोड प्रिमियम संलन गरेको छ । यो हाल संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो ।

 

शिखरले गत वर्षको सोही अवधिको तुलनामा साढे २६ करोड अर्थात् २३.६२ प्रतिशत प्रिमियम संकलन गरेको हो । गत वर्ष कात्तिकसम्म शिखरले १ अर्ब १२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।

यसैगरी, दोस्रो धेरै प्रिमियम संकलन गर्नेमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले समीक्षा अवधिसम्म १ अर्ब २० करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

 

कात्तिकसम्म धेरै प्रिमियम संकलन गर्नेमा क्रमशः नेको इन्स्योरेन्स १ अर्ब ५ करोड ५८ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ९० करोड १० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ८३ करोड ३५ लाख, प्रिमियर इन्स्योरेन्सले ७७ करोड ७८ लाख र हिमालयन जनरल इन्स्योरेन्सले ५८ करोड ८९ लाखसहित शिर्ष सातमा रहेका छन् ।

 

कात्तिकसम्म सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा कम प्रिमियम संकलन गरेको छ । यस अवधिमा सानिमाले जम्मा २८ करोड ७८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

 

सबै कम्पनीको व्यापार बढ्यो, हिमालयनको छलाङ 

 

चालू आवमा सबै निर्जीवन बीमा कम्पनीहरु व्यापार बढाउन सफल भएका छन् । यस अवधिमा हिमालयन इन्स्योरेन्सले सबैभन्दा धेरै व्यापार विस्तार गरेको छ ।

 

हिमालयनले गत वर्षको तुलनामा प्रिमियम संकलन झन्डै दोब्बरले बढाउन सफल भएको छ । गत वर्षको कात्तिकसम्म ३२ करोड प्रिमियम संकलन गरेको हिमालयनले चालू आवको सोही अवधिमा व्यापार ८४.०३ प्रतिशतले वृद्धि गरी ५८ करोड ८९ लाख पुर्याएको छ ।

 

यसैगरी, दोस्रो धेरै व्यापार विस्तार गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । गतवर्षको तुलनामा सानिमाले प्रिमियम संकलन ५९.८९ प्रतिशले वृद्धि गरेको छ । समीक्षा अवधिमा युनाइटेड इन्स्योरेन्सले पनि ५८.८१ प्रतिशतले व्यवसाय विस्तार गरेको छ ।

 

यस अवधिमा लुम्बिनी इन्स्योरेन्सको प्रिमियम संकलन सबैभन्दा कम २.३० प्रतिशतले मात्र बढेको छ ।

 

पुराना बीमा कम्पनीलाई अजोडको टक्कर

 

संचालनमा आएको ३ वर्षमा नै नयाँ निर्जीवन बीमा कम्पनीहरुले व्यापारमा पुराना कम्पनीलाई टक्कर दिन थालेका छन् । आक्रमक रुपमा व्यापार विस्तार गर्दै आएका अजोड इन्स्योरेन्सले पुराना कम्पनीलाई व्यापार पछि पार्न  थालेको हो ।

 

अजोड इन्स्योरेन्सले पनि व्यापारमा ७ वटा पुराना कम्पनीलाई पछि पारेको छ । कात्तिकसम्म अजोडले ५१ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

 

यो पुराना ७ कम्पनीकोभन्दा धेरै हो । अजोडले व्यापारमा पुराना कम्पनीहरु ओरेन्टल, लुम्बिनी, नेपाल, एभरेष्ट, नेशनल, जनरल र प्रुडेन्सियललाई उछिनेको हो ।

 

सानिमा र जनरल इन्स्योरेन्सले भने व्यापारमा पुराना कम्पनीलाई टक्कर दिन सकेको देखिँदैन । समीक्षा अवधिमा सानिमाले सबैभन्दा कम २८ करोड बीम शुल्क संकलन गरेको छ ।

 

सेयर बजारमा झिनो गिरावटा, यी हुन् धेरै मूल्य बढ्ने ९ कम्पनी Read Previous

सेयर बजारमा झिनो गिरावटा, यी हुन् धेरै मूल्य बढ्ने ९ कम्पनी

अघि बढ्यो ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माण प्रक्रिया Read Next

अघि बढ्यो ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माण प्रक्रिया