देशभर विभिन्न कार्यक्रम गर्दै सिभिल बैंकले मनायो एघारौं वार्षिकोत्सव

काठमाडौं । सिभिल बैंकले देशभर विभिन्न कार्यक्रम गर्दै एघारौं वार्षिकोत्सव मनाएको छ । संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डको प्रमुख अतिथ्य र प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा विभिन्न सेवाहरुको थालनी गर्दै शनिबार वार्षिकोत्सव मनाएको हो ।

 

बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरुमा समेत विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । बैंकको प्रधान कार्यालयमा प्रायोरीटि बैंकिङ सेवाको उद्घाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग “एक घण्टी झ्याप्प पेमेन्ट” सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरे ।

 

बैंक्ले सिभिल बैंक इन्टरनेशनल भर्चुयल डलर कार्ड सेवा, सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा” सेवाको सुरुआत गरेको छ । यस्तै बैंकले वार्षिकोत्सवको अवसरमा देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।

त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमको आयोजना गर्ने भएका छन् । बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप ५,००० प्रदान गरिने कार्यक्रम रहेको ।

 

त्यसैगरी बैंकमा १० वर्षदेखिसेवा प्रदान गरेका बैंक कर्मचारीहरुलाई पनि बैंकले अभिनन्दन गरेको छ । सिभिल बैंकले एघारौं वर्ष पार गर्दा सम्म करिब ९२ अर्ब निक्षेप संकलन गरि करिब ८८ अर्व ऋण लगानी गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।

नबिलको सामाजिक उद्यमशीलता कार्यक्रम सुरु, नविन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्ने Read Previous

नबिलको सामाजिक उद्यमशीलता कार्यक्रम सुरु, नविन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्ने

बक्यौता नतिरेपछि सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज, १ अर्ब १७ करोड तिर्न बाँकी Read Next

बक्यौता नतिरेपछि सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज, १ अर्ब १७ करोड तिर्न बाँकी