ग्लोबल आइएमई बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश पाउन सेयर किन्ने आज (मंसिर १२ गते) अन्तिम दिन रहेको छ ।

 

बैंकले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर १३ गते) बुकक्लोज मिति तोकेको छ। तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

ग्लोबलले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले १५ औं वार्षिक साधरणसभा मंसिर २७ गते प्रज्ञाभवन काठमाडौंमा साधारण सभा बोलाएको छ ।

 

बैंकले प्रस्ताव गरेको लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने व्यवस्था : नीतिगत भ्रष्टाचार कि बीमा क्षेत्रका लागि कोशेढुंगा ? Read Previous

स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने व्यवस्था : नीतिगत भ्रष्टाचार कि बीमा क्षेत्रका लागि कोशेढुंगा ?

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा Read Next

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा