रुकुम उडेका यात्रुलाई पाइलटले ‘ड्युटी सकिएको’भन्दै नेपालगञ्ज पुर्‍याएपछि…

काठमाडौं । नेपाल एयर लाइन्सको जहाजले रुकुम जाने यात्रुलाई नेपालगञ्ज पुर्याएको छ । सोमबार साँझ रुकुमको चौरजहारी जान उडेको नेपाल एयरलाइन्सको ट्वीनअर्टर जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।

 

चौरजहारीको मौसम खराब भएको रिर्पोट आएपछि जहाजलाई नेपालगञ्जमै अवतरण गरिएको नेपाल एयरलायन्सले जनाएको छ ।तर, मौसम खराब नभइ पाइलटको ‘ड्यूटी आवर’ सकिएपछि रुकुम जान उडेको जहाज बीचमै रोकिएको बताइएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार एकदिनमा एक जना पाइलटले १० घण्टा वा १० पटकभन्दा बढी ल्यान्डिङ गर्न पाउँदैनन् । सोही नियम देखाउँदै पाइलट पेम्बा शेर्पाले रुकुम उडेको जहाज नेपालगञ्जै अवतरण गराएको जनाइएको छ ।

 

चौरजहारी पुगेर अवतरण गर्दा पाइलटको ड्यूटी आवर बढी हुने भएकाले नेपालगञ्जै अवतरण गरिएको बताइएको छ । पाइलटले एक ठाउँ जान उडेका यात्रुलाई अर्कै ठाउँमा ओरालिदिएपछि यात्रुहरु आक्रोशित भएका थिए ।

मानुषी लघुवित्तको सेयर मूल्य २७ दिनमै ४ गुणा बढ्यो, प्रतिकित्ता कति पुग्यो भाउ ? Read Previous

मानुषी लघुवित्तको सेयर मूल्य २७ दिनमै ४ गुणा बढ्यो, प्रतिकित्ता कति पुग्यो भाउ ?

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी