काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा लगातार १५ औं दिन पोजेटिभ सर्किट लागेको छ । असोज २० गतेदेखि कारोबारमा आएको लघुवित्तको सेयर मूल्यमा कात्तिक १५ यता दैनिक १० प्रतिशतले बढ्दै आएको हो ।
४६२ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य २७ कारोबार दिनमा ४ गुणाले बढेर १९९० रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा लघुवित्तको सेयर भाउ प्रतिकित्ता १५२८ रुपैयाँ बढेको छ ।
कारोबारमा आएको एक महिना बिते पनि लघुवित्तको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । नेप्सेमा सर्वसाधरणतर्फको ३ लाख ९३ हजार ७५० कित्ता लाख कित्ता सेयर सूचीकृत छ ।
कम्पनीको सेयर संख्या नै कम भएकाले भाउ माथि जाने आशामा सेयरधनीले सेयर विक्रीमा ल्याएका छैनन् । एक महिनाको अवधिमा लघुवित्तको करिब ५ हजार कित्ता हाराहारीम मात्र सेयर कारोबार भएको छ ।
दुई महिना अघि आइपीओ जारी गरेको लघुत्तिको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ ।