एकैदिन तोलामै १६०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० पुगेको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ले घटेर १ हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।

१९ वर्षीय युवकले बनाए ब्याक गियर भएको इलेक्ट्रिक मोटरसाइकल, लागत कति ? Read Previous

१९ वर्षीय युवकले बनाए ब्याक गियर भएको इलेक्ट्रिक मोटरसाइकल, लागत कति ?

मानुषी लघुवित्तको सेयर मूल्य २७ दिनमै ४ गुणा बढ्यो, प्रतिकित्ता कति पुग्यो भाउ ? Read Next

मानुषी लघुवित्तको सेयर मूल्य २७ दिनमै ४ गुणा बढ्यो, प्रतिकित्ता कति पुग्यो भाउ ?