नेपाल लाइफले पोखरामा २ रोपनी जग्गा किन्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गण्डकी प्रदेशको पोखरामा २ रोपनी जग्गा खरिद गर्ने भएको छ । कम्पनीले पोखरामा प्रदेश कार्यालय स्थापना गर्नका लागि उक्त जग्गा खरिद गर्न लागेको हो ।

 

कम्पनीले एक सूचना प्रकाशित गर्दै पोखराको न्यूरोड, नयाँ बजार, चिप्ले ढुंगा, सृजना चोक, सभागृह चोक, लेकसाइड, पृथ्वी चोक आसपासमा उक्त जग्गा खरिद गर्न लागेको जनाएको छ ।

 

कम्पनीले ८ मिटर चौडा सडकले छोएको २ रोपनी जग्गा किन्न लागिएको जनाएको छ । कम्पनीले खोजे अनुसार जग्गा बेच्न चाहने जग्गाधनीले प्रतिरोपनी मूल्य, जग्गाको नक्सा, जग्गाधनी प्रमाणपत्र, तिरो तिरेको रसिद लगायत कागजातसहित   १५ दिन भित्र कम्पनीमा बोलपत्र पेश गर्नुपर्नेछ ।

 

कम्पनीले पोखरामा जग्गा किनेपछि आफ्नै भवन निर्माण गर्ने जनाएको छ ।

 

 

चितवन माछामा आत्मनिर्भर, वार्षिक ६ हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य Read Previous

चितवन माछामा आत्मनिर्भर, वार्षिक ६ हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य

गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’को तयारी, थाइल्याण्डबाट आइपुगे प्राविधिक Read Next

गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’को तयारी, थाइल्याण्डबाट आइपुगे प्राविधिक