विशिष्ट ग्राहकलाई सेवा दिन सानिमा बैंकले कुमारीपाटीमा खोल्यो ‘प्रायोरिटी काउन्टर’

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा पनि विस्तार गरेको छ ।

 

बैंकले आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरेको हो ।

 

यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्क्त गरिएको छ ।

 

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं र प्रायोरिटी ग्राहक, श्याम काजी अवालेज्यूले संयुक्त रुपमा गरे ।

 

बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए ।

 

सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटीएम संचालनमा रहेका छन् ।

 

उन्नति सहकार्य लघुवित्तको लाभांश संशोधन, बोनस सेयर घट्यो Read Previous

उन्नति सहकार्य लघुवित्तको लाभांश संशोधन, बोनस सेयर घट्यो

८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त जलविद्युतको डीपीआर बनाउन सुरू Read Next

८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त जलविद्युतको डीपीआर बनाउन सुरू