काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।
नेपाल राष्ट्र बैंकले निर्देशन अनुसार लघुवित्तले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको हो । लघुवित्तले यसअघि घोषणा गरेको लाभांशदरमा २ प्रतिशत घटाएको छ ।
यसअघि ३२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको घुवित्तले अब ३० प्रतिशत मात्र बोनस सेयर लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
हाल १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको लाभांश वितरणपछि चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ पुग्नेछ।