१५ दिनभित्र काठमाडौंका सडकका सबै खाल्डाखुल्डी पुरिसक्ने

काठमाडौं । अबको १५ दिन भित्र काठमाडौंका सडका सबै खाल्डाखुल्डी पुरिसकिने भएको छ । सडक विभागको निर्देशनका उपत्यकाका सडक डिभिजनहरुले मंसिर तेस्रो साता भित्रै खाल्डाखुल्डी पुरिसक्ने भएका हुन् ।

 

सडक डिभिजन काठमाडौंले मंसिर २० भित्र आफ्नो मातहत पर्ने सबै सडकका खाल्डाखुल्डी पुरिसक्ने जनाएको छ । पुस लागेपछि चिसोका कारण कालोपत्र गर्न समस्या हुने भएकाले मंसिर तेस्रो साताभित्रै सबै खाल्डाखुल्डी पुरिसक्ने डिभिजनको भनाइ छ ।

 

डिभिजनका अनुसार काठमाडौंका, सिंहदरबारको बाहिरी सडक, नयाँ बानेश्वर, माइतीघर, पुरानो बानेश्वर, सिनामंगल, बत्तीसपुतली, कोटेश्वर लगायतका स्थानमा खाल्डाखुल्डी पुरिसकिएको छ । यस्तै, तत्काल पुतलीसडक, सुन्धारा, नक्साल लगायत स्थानका सडकमा रहेको खाल्डाखुल्डी पुरिने डिभिजनले जनाएको छ ।

 

यसैगरी, सडक विभागले ललितपुर र भक्तपुरको डिभिजनलाई पनि आफू मातहतका सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको छ । खाल्डाखुल्डी पुरिसकेपछि सडकमा मार्किङ समेत गरिने डिभिजनले जनाएको छ ।

नारायणी विकास बैंकले पायो हकप्रद जारी गर्न अनुमति Read Previous

नारायणी विकास बैंकले पायो हकप्रद जारी गर्न अनुमति

बिजुलीको खपत बढाउन आक्रमक रूपमा काम गर्दै प्राधिकरण, अब ३ दिनमै थ्री फेज लाइनको स्वीकृति Read Next

बिजुलीको खपत बढाउन आक्रमक रूपमा काम गर्दै प्राधिकरण, अब ३ दिनमै थ्री फेज लाइनको स्वीकृति