काठमाडौं । नारायणी विकास बैंकले हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई हाल कायम चुक्ता पूँजीको १०० प्रशितश हकप्रद जारी गर्न अनुमति दिएको हो ।
बैंकले १ः१ अनुपातमा १३ करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्ने भएको हो । बैंकको हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
बैंकले यसअघि पनि गत माघ १३ गतेबाट फागुन ३ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो ।
हाल १३ करोड १२ लाख ३४ हजार चुक्ता पूँजी रहेको बैैंकको १ः१ अनुपातमा हकप्रद जारी पछि चुक्ता पूँजी २६ करोड २४ लाख ६८ हजार पुग्नेछ ।