१८ औं हस्तकला व्यापार मेला सुरू, ५ करोडको कारोबार हुने अपेक्षा

काठमाडौं । आजदेखि १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता सुरु भएको छ । हस्तकला महासंघ नेपालको आयोजनामा काठमाडौं बौद्धस्थित होटल हायात रेजेन्सीमा मेला सुरु भएको हो ।

 

मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे । हस्तकलाको निर्यात व्यापार प्रबद्र्धन गर्ने उद्देश्य आयोजित मेला तीन दिनसम्म चल्ने छ । १ लाख बढी अवलोकर्ताले मेलाको अवलोकन गर्ने महासंघले बताएको छ ।

 

उक्त मेलामा ३ देखि ५ करोड सम्मको व्यापार हुने महासंघले जानकारी दिएको छ । ‘हामी हस्तकला सहितका सामग्री स्वदेशी तथा विदेशी बजारमा प्रबद्र्धन गर्ने उद्देश्य सहित निर्यात व्यापार प्रवद्र्धन गर्न हस्तकला मेलाको आयोजना गरेका हौं ।,तीन दिन सम्म चल्ने मेलामा ३ देखी ५ करोड सम्मको कारोबार हुने अनुमान गरेका छौं,’ महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले भने ।

त्यसैगरी, आजबाट नै हस्तकलाको अनलाइन बजार ई कलाको उद्घाटन समेत गरिएको छ । मेलालाई नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोग रहेको बताइएको छ । मेलामा हस्तकला लगायत विभिन्न वस्तुहरुको १२० वटा स्टल रहेका छन् ।

 

त्यसैगरी, मेलामा कला प्रतियोगिता अन्तर्गत, परम्परागत र समसामयीक गरी २ वटा विधामा प्रतियोगिता समेत गरिएको छ । त्यस्तै, ७० वर्ष नाघेका जेष्ठ कलाकारहरु तथा विदेशी बजारमा हस्तकला निर्यात गर्ने उत्कृष्ट निकासीकर्ताहरुलाई सम्मान समेत गरिएको छ ।

 

हस्तकला क्षेत्रमा ८ लाख व्यवसायी आवद्ध भएको महासंघले जानकारी दिएको छ ।

३० माइक्रोफाइनान्सको लाभांश घोषणा, सबैभन्दा धेरै दिने महिला लघुवित्त, कुनको कति ? Read Previous

३० माइक्रोफाइनान्सको लाभांश घोषणा, सबैभन्दा धेरै दिने महिला लघुवित्त, कुनको कति ?

नेपालमै पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार, कति बढ्यो घरजग्गाको भाउ ? Read Next

नेपालमै पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार, कति बढ्यो घरजग्गाको भाउ ?