३० माइक्रोफाइनान्सको लाभांश घोषणा, सबैभन्दा धेरै दिने महिला लघुवित्त, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम सेयरधनीलाई लाभांश घोषणा गरिरहेका छन् ।

 

यसैैक्रममा, हालसम्म गत वर्षको नाफाबाट नेप्सेमा सूचीकृत ३० वटा माइक्रोफाइनान्स कम्पनीहरूले लाभांश घोषणा गरिसकेका छन् । माइक्रोफाइनान्स कम्पनीहरूले औसतमा २४.३२ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

 

लाभांश घोषणा गर्ने माइक्रोफाइनान्समध्ये महिला लघुवित्तले सबैभन्दा धेरै ५० प्रतिशत लाभांश घोषणा गरेको छ भने एनआइसी एशिया लघुवित्तले सबैभन्दा कम ५.४१ प्रतिशत घोषणा गरेको छ ।

 

हालसम्म लाभांश घोषणा गरेका ३० लघुवित्तहरूमध्ये १४ वटाले २५ प्रतिशतभन्दा बढी घोषणा गरेका छन् भने १६ वटाले औसतभन्दा कम अर्थात् २४.३२ प्रतिशतभन्दा कम घोषणा गरेका छन् ।

 

गत वर्षको नाफाबाट २५ प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्नेहरूमा महिला, स्वाभिमान, सबैको, उन्नति सहकार्य, सपोर्ट, ग्लोबल आइएमई, लक्ष्मी, साधना, आशा, स्वरोजगार, महुली, नेशनल माइक्रोफाइनान्स, छिमेक र समता घरेलु लघुवित्त रहेका छन् ।

यीमध्ये सबैभन्दा धेरै महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेप्सेमा सूचीकृत माइक्रोफाइनान्समध्ये सबैभन्दा महँगो सेयर मूल्य रहेको महिलाले गत आवको नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद दिने घोषणा गरेको हो ।

 

हालसम्म लाभांश गरेका लघुवित्तमध्येमा दोस्रो धेरै नेशनल माइक्रोफाइनान्सले ४५ प्रतिशत घोषणा गरको छ । नेशनलले ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश् घोषणा गरेको हो ।

 

लघुवित्तहरूले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । लाभांश घोषणा गर्नेमध्ये डिप्रोक्स, साधना, आशा, स्वरोजगार, लक्ष्मी, आरएसडीसी र एनआइसी एशिया लघुवित्तले साधरण सभा डाकी बुकक्लोज समेत गरिसकेका छन् ।

आफैंले तोकेको मितिमा पनि इन्टरनेट प्रदायकले तिरेनन् पोलभाडा, प्राधिकरण भन्छ-'अब जसरी पनि उठाउँछौं' Read Previous

आफैंले तोकेको मितिमा पनि इन्टरनेट प्रदायकले तिरेनन् पोलभाडा, प्राधिकरण भन्छ-'अब जसरी पनि उठाउँछौं'

१८ औं हस्तकला व्यापार मेला सुरू, ५ करोडको कारोबार हुने अपेक्षा Read Next

१८ औं हस्तकला व्यापार मेला सुरू, ५ करोडको कारोबार हुने अपेक्षा