ऋण लिएर नतिर्नेको संख्या वर्षेनी बढ्दै, ८६२० ऋणी कालोसूचीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्नेको संख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष ०७५/७६ को असार मसान्तसम्म ८ हजार ६ सय २० जना ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै २ हजार ८४२ जना कालोसूचीमा परेको छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११२.८८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने ऋणीको संख्या १ हजार ३३५ थियो ।

 

त्यस्तै, राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा कालो सूचीमा पर्ने ऋणीको संख्या ९ सय ३०, आर्थिक वर्ष २०७२/७३ मा ८ सय ३३ र आर्थिक वर्ष २०७३/७४ मा ८ सय ३४ जना रहेका थियो ।

 

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीको संख्या पनि वर्षेनी बढ्दै गएको छ । पछिल्लो ५ वर्षमा मात्र ऋण लिनेको संख्या ४ लाख भन्दा बढीले बढेका छन् ।

आर्थिक वर्ष २०७१/७२ मा बैंक तथा वित्तीय संस्थाका ऋण खाता संख्या १० लाख ३३ हजार ३८४ रहेको थियो भने २०७६ असार मसान्तसम्ममा उक्त संख्या खाता संख्या १४ लाख ३९ हजार ६४८ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

 

धेरैजसो अनुत्पादक क्षेत्रमा गरेको लगानी डुब्ने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ । अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्ने र कर्जा तिर्न नसके पछि कालोसूचमिा पर्ने राष्ट्र बैंकको दाबी छ ।

 

यद्यपि, धेरै उत्पादनमूलक उद्योग र तिनका सञ्चालक समेत कालोसूचीमा पर्ने गरेका छन् । विशेष गरेर शेयर बजार तथा घरजग्गामा गरेको लगानी डुबेर कर्जा तिर्न नसकेपछि कालोसूचीमा धेरैको नाम समावेश हुने गरेको जानकारहरु बताउँछन् ।

आइएमईको दशैं अफर, पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर Read Previous

आइएमईको दशैं अफर, पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर

अझै १८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति Read Next

अझै १८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति