सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन

काठमाडौं । सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन् । बैंक संचालक समितिको मंसिर १ गते बसेको बैठकले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

 

बैंक अध्यक्ष चयन भएपछि पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा सबै संचालकहरुलाई धन्यवाद दिए ।

 

संचालकहरुले पनि समितिको अध्यक्ष चयन भएकोमा पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाईमा पुर्याउनको लागि थप मद्दत मिल्नेमा जोड दिंदै सबै संचालकहरुको साथसहयोग रहने धारणा व्यक्त गरे ।

 

अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रुपमा अगाडि बढाई सेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्नेतर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा जोड दिए ।

नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा Read Previous

नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा

बिजुली खेर गएपछि प्राधिकरणलाई चिन्ता, खपत कसरी बढाउने ? Read Next

बिजुली खेर गएपछि प्राधिकरणलाई चिन्ता, खपत कसरी बढाउने ?