नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

 

हाल ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस सेयर वितरणपछि चुक्ता पूँजी ५८ करोड ६७ लाख ७४ हजार ९७३ रुपैयाँ पुग्नेछ।

छिमेक लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

छिमेक लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन Read Next

सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन