छिमेक लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

कच्चा पदार्थको मूल्य अचाक्ली बढ्दा हस्तकला उद्योग समस्यामा Read Previous

कच्चा पदार्थको मूल्य अचाक्ली बढ्दा हस्तकला उद्योग समस्यामा

नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा Read Next

नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा