नेपाल एयरलाइन्सले हुम्लामा साताको तीन उडान गर्ने, भाडादर कति ?

काठमाडौं । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले हुम्लालगायत कर्णालीका हिमाली जिल्लाका लागि आफ्नो उडान थप गरेको छ ।हुम्लासहितका विमानस्थलमा यात्रुको चाप वृद्धि भएकाले उडान सङ्ख्या थप गरेको हो ।

 

नेपाल एयरलाइन्सले हुम्लाका लागि हप्तामा तीनवटा सहुलियत उडान थप गरेको जिल्ला शाखा हुम्लाका प्रमुख बलबहादुर सुनारले बताए।

 

यसअघि हप्तामा एउटा मात्रै उडान भर्दै आएको एयरलाइन्सले अब हप्तामा तीन उडान भर्ने भएको प्रमुख सुनारले बताए । नेपाल एयरलाइन्सले हुम्लाका लागि आइतबार, सोमबार र बिहीबार उडान भर्ने भएको उनले बताए ।

 

सिमकोटबाट नेपालगञ्जको भाडा नेपाल एयरलाइन्सको ६ हजार ९१० रुपैैयाँ छ भने निजीस्तरका तारा र सीता एयरले ६ हजार ३० र समिट एयरले ६ हजार १३० रुपैयाँ लिने गरेका छन् ।

४ लघुवित्तको प्रतिसेयर आम्दानी नै १०० माथि, कुनको कति ? Read Previous

४ लघुवित्तको प्रतिसेयर आम्दानी नै १०० माथि, कुनको कति ?

कच्चा पदार्थको मूल्य अचाक्ली बढ्दा हस्तकला उद्योग समस्यामा Read Next

कच्चा पदार्थको मूल्य अचाक्ली बढ्दा हस्तकला उद्योग समस्यामा