उत्कृष्ट करदाता घोषणा, यी हुन् धेरै कर तिर्ने १५ व्यक्ति तथा संस्थाहरू

काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको छ । विभागले आर्थिक वर्ष २०७६र७७ मा तिरेको करका आधारमा उत्कृष्ट घोषणा गरेको हो ।

 

१० औं कर दिवसको अवसरमा आज उत्कृष्ट करदातालाई विभागले सम्मान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सम्मानित व्यक्ति तथा संस्थाका प्रतिनिधिलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

 

आर्थिक वर्ष २०७६/७७ मा व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा सिद्धार्थ राणा रहेका छन् । यस्तै, कम्पनीतर्फ सूर्य नेपाल रहेको छ ।

 

यसैगरी, सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड भएको छ । निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर तिर्नेमा डाबर नेपाल प्रालि रहेको छ ।

 

त्यसैगरी विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा एसियन पेन्ट्स नेपाल, कृषि एवम् पशुपंछी उद्योगहरुमध्ये सबैभदा धेरै तिर्नेमा पूर्वाञ्चल एग्रीटेक प्रालि, सरकारही तथा लघु वित्तमध्येमा छिमेक लघुवित्त वित्तीय संस्था रहेका छन् ।

 

त्यसैगरी, बैंक वित्तीय संस्थाहरुमा सबैभन्दा धेरै कर तिर्नेम नबिल बैंक, बीमा कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थाहरुमा नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी, वस्तु व्यापारको कारोबारबाट सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स रहेको छ ।

आरम्भ चौतारी लघुवित्तले गाभ्यो देउराली लघुवित्त Read Previous

आरम्भ चौतारी लघुवित्तले गाभ्यो देउराली लघुवित्त

अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश, २० वर्षमा कुन देशको सम्पत्ति कति बढ्यो ? Read Next

अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश, २० वर्षमा कुन देशको सम्पत्ति कति बढ्यो ?