अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश, २० वर्षमा कुन देशको सम्पत्ति कति बढ्यो ?

काठमाडौं । चीन विश्वकै सबैभन्दा धनी देश बनेको छ । अमेरिकालाई पछि पार्दै चीन संसारकै धनी देश बनेको हो ।

 

परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चीनले कुल सम्पत्तिमा अमेरिकालाई पछि पारेको हो । सन् २०२० सम्म चीनको कुल सम्पत्ति १२० ट्रिलियन पुगेको छ ।

 

पछिल्लो २० वर्षमा चीनको सम्पत्ति १७ गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो । तथ्यांक अनुसार सन् २००० मा चीनको कुल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा १२० ट्रिलियन डलर पुगेको छ ।

विश्वको कूल सम्पत्तिको एक तिहाइ सम्पत्ति चीनको रहेको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो २० वर्षको अवधिमा विश्वको कुल सम्पत्ति पनि तेब्बरले वृद्धि भएको छ । सन् २००० का कुल १५६ ट्रिलियन रहेको विश्वको कुल सम्पत्ति सन् २०२० आइपुग्दा ५१४ ट्रिलियन पुगेको छ ।

 

चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीव्र विकास भएको विज्ञले बताउँदै आएका थिए ।

 

विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकापछि परेको छ । पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र यो बीचमा अमेरिकामा कूल सम्पत्ति ९० ट्रिलियन डलरले बढेको छ । जनसंख्याको दृष्टिकोणले विश्वमै पहिलो रहेको चीनलाई क्षेत्रफलका हिसाबले चौथो ठूलो देशका रुपमा लिइन्छ ।

म्याकिन्से एण्ड कम्पनीले १० वटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी १० देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् । चीन र अमेरिकासहित रिपोर्टमा फ्रान्स, जापान, अस्ट्रेलिया, स्वीडेन, जर्मनी, क्यानडा र मेक्सिको र बेलायतलाई समावेश गरिएको छ । एजेन्सी

 

उत्कृष्ट करदाता घोषणा, यी हुन् धेरै कर तिर्ने १५ व्यक्ति तथा संस्थाहरू Read Previous

उत्कृष्ट करदाता घोषणा, यी हुन् धेरै कर तिर्ने १५ व्यक्ति तथा संस्थाहरू

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी