यतीले फेरि ल्यायो दुई गन्तव्यको सस्तो टिकट अफर, कहाँको कति ?

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न फेरि ‘मंगलबार सेल’ अफर ल्याएको छ ।

 

यसअघि पनि पटकपटक विभिन्न अफर ल्याएको कम्पनीले दुई गन्तव्यको लागि सस्तो टिकट अफर ल्याएको हो ।

 

एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी जनकपुर र पोखराको टिकट सस्तो मूल्यमा किन्न सकिने जनाएको छ ।

 

एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं–जनकपुर एकतर्फी टिकट १ हजार ४०० रुपैयाँमा किन्न सकने छ । त्यस्तै, काठमाडौं–पोखराको एकतर्फी टिकट १ हजार ९०० रुपैयाँमा किन्न सकिनेछ ।

 

यो अफर नोभेम्बर १६ तारिख (कात्तिक ३० गते) एक दिनका लागि मात्र लागू हुने एयरलाइन्सले जनाएको छ ।

ड्राइभिङ लाइसेन्सको फारमा १० बजेदेखि ५ बजेसम्म भर्न नपाइने Read Previous

ड्राइभिङ लाइसेन्सको फारमा १० बजेदेखि ५ बजेसम्म भर्न नपाइने

सडकमा पिचको सट्टा कंक्रिट, भक्तपुरको निकोसेरा चोकमा ढलान गरिने Read Next

सडकमा पिचको सट्टा कंक्रिट, भक्तपुरको निकोसेरा चोकमा ढलान गरिने