ड्राइभिङ लाइसेन्सको फारमा १० बजेदेखि ५ बजेसम्म भर्न नपाइने

काठमाडौं । चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को अनलाइन आवेदन कार्यालय समयमा मात्र भर्न नपाइने भएको छ ।

 

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म अनलाइन फारम भर्न नपाउने व्यवस्था गरेको हो ।

 

देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड पर्ने भएकाले तत्कालका लागि यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

 

विभागका अनुसार अब सेवाग्राहीले बिहान १० बजेअघि र बेलुका ५ बजेपछि मात्रै फारम भर्न पाउने छन् । विभागले अहिले लोड व्यवस्थापनको काम भइरहेको र सोकार्य सम्पन्न भएपछि अनलाइन प्रणाली यथावत संचालन हुने विभागले जनाएको छ ।

 

२४ बैंकको ब्याजदर १० प्रतिशत माथि पुग्यो, यी ३ बैंकको मात्र एकल अंकमा Read Previous

२४ बैंकको ब्याजदर १० प्रतिशत माथि पुग्यो, यी ३ बैंकको मात्र एकल अंकमा

यतीले फेरि ल्यायो दुई गन्तव्यको सस्तो टिकट अफर, कहाँको कति ? Read Next

यतीले फेरि ल्यायो दुई गन्तव्यको सस्तो टिकट अफर, कहाँको कति ?