काठमाडौं । वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले इन्धन शुल्क (फ्युल चार्ज) वृद्धि गरेका हुन् ।फ्युल चार्ज बढेपछि हवाई भाडा पनि स्वतः बढ्ने भएको हो ।
निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ प्रतिलिटर बढाएको थियो । हवाई सेवा प्रदायकहरुले पनि सोही आधारमा फ्युल चाज)का आधारमा भाडा बढाएका हुन् ।
हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँबाट बढाएर १०१ रुपैयाँ पुर्याइएको छ । वायुसेवा संचालक संघले इन्धनको शूल्क न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम १७० रुपैयाँसम्म वृद्धि गरेका छन् ।
माउन्टेन फ्लाइटको फ्युल चार्ज सबैभन्दा धेरै १७० रुपैयाँ बढेको छ । त्यस्तै, काठमाडौं–पोखरा ८० रुपैयाँ, काठमाडौं–भैरहवा १०५, काठमाडौं–विराटनगर १२०, काठमाडौ–भद्रपुर १५०, काठमाडौं–नेपालगञ्ज १६०, काठमाडौं–जनकपुर ६५, काठमाडौं–सिमरा ४५, काठमाडौं–भरतपुर ५५ र काठमाडौं–तुम्लिङटार ९० रुपैयाँ बढेको छ ।