होङ्शी सिमेन्टमा पुग्यो बिजुली, प्रसारण लाइन नबन्दा वैकल्पिक व्यवस्थाबाट जोडियो

काठमाडौं । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा संचालित होङ्शी शिवम् सिमेन्टमा राष्ट्रिय प्रसारण (ग्रिड) को बिजुली पुगेको छ ।

 

उत्पादन शुरु गरेको करिब साढे तीन वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा रहेको उद्योगमा शनिबारदेखि बिजुली पुगेको हो ।

 

नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको हो ।

 

नेपाल विद्युत प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई बिजुली आपूर्ति गराइएको हो ।

 

उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत दिइएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सर्फमर जडान गरी विद्युत आपूर्ति लिएको छ ।

 

२०७५ जेठदेखि उत्पादन सुरु गरेको उद्योगले अहिलेसम्म थर्मल प्लान्टबाट उत्पादित बिजुलीबाट काम गरिरहेको थियो । यसअघि पनि उद्योगलाई प्रयास गरिए पनि प्रसारण लाइन निर्माणमा अवरोध भएपछि ढिलाइ भएको थियो । प्रसारण लाइन निर्माण अझै नसकिए पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत दिइएको हो ।

 

होङ्शीले ३० मेगावाट विद्युत खपत गर्ने छ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत चाहिने छ ।

रसुवागढी नाकामा पार्किङस्थल निर्माण सुरू Read Previous

रसुवागढी नाकामा पार्किङस्थल निर्माण सुरू

हवाई भाडा बढ्यो, कहाँको कति ? Read Next

हवाई भाडा बढ्यो, कहाँको कति ?