नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३४.३७ प्रतिशतले बढेको हो ।

 

बैंकले चालू आवको असोज मसान्तसम्म २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६ करोड १९ लाख बढी हो । बैंकले गत वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख २२ रुपैयाँ नाफा कमाएको थियो ।

 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि भएसँगै खुद नाफामा पनि बढोत्तरी आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.८२ प्रतिशतले बढेर ४१ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन मुनाफा ३४.२० प्रतिशत बढेर ३४ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

 

हाल २० अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६४ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १९ करोड ६ लाख रुपैयाँ रहेको छ ।

 

असोज मसान्तसम्म बैंकले २९ करोड ८१ लाख निक्षेप संकलन गरी ४ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ ।

 

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ पैयाँबाट घटेर ४.८४रुपैयाँमा सीमित भएको छ। यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १३३.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७४.३७ गुणा र खराब कर्जा शून्य प्रतिशत रहेको छ ।

प्राधिकरणको अक्षमताले डुब्दै हाइड्रो व्यवसायी, यी १० आयोजनाले पाएनन् पूर्ण क्षमतामा उत्पादन गर्न Read Previous

प्राधिकरणको अक्षमताले डुब्दै हाइड्रो व्यवसायी, यी १० आयोजनाले पाएनन् पूर्ण क्षमतामा उत्पादन गर्न

चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’ Read Next

चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’