काठमाडौं । प्रभु बैंकको सेयर कारोबार रोक्का गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर कारोबार भइरहेको समयमै लाभांश घोषणा गरेको र त्यसले मूल्यमा प्रभाव पारेको भन्दै बैंकको सेयर कारोबार रोक्का गरेको हो ।
अर्को निर्णय नहुञ्जेलसम्म प्रभु बैंकको सेयर कारोबार रोक्का हुने नेप्सेले जनाएको छ । साथै, नेप्सले प्रभु बैंकलाई स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।
प्रभु बैंक संचालक समितिको मंगलबार दिउँसो १ बजे बसेको बैठकले सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
सेयर कारोबार बार हुने समय ११ बजेदेखि ३ बजेसम्म बैठक बसी लाभांश घोषणा गर्न नपाइने व्यवस्था भए पनि बैंकले सो कार्य गरेकाले बैंकलाई स्पष्टीकरण सोधिएको नेप्सेले जनाएको छ ।