आकाशियो सुनको भाउ, एकैदिनमा १३०० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला १ हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला ९२ हजार २०० तोकिएको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा २० बढेको छ । चाँदीको मूल्य १ हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला १ हजार २५० मा कारोबार भएको थियो ।

 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८५० डलरमा कारोबार भइरहेको छ ।

१० हजार अनुदानका लागि आवेदन दिन आह्वान, क-कसले पाउँछन् ? Read Previous

१० हजार अनुदानका लागि आवेदन दिन आह्वान, क-कसले पाउँछन् ?

प्रभु बैंकको सेयर कारोबार रोक्का, यस्तो छ कारण Read Next

प्रभु बैंकको सेयर कारोबार रोक्का, यस्तो छ कारण