नेपालको पहिलो अनलाईन फूड डेलिभरी कम्पनी फूडमाण्डुले संचालनको ११ वर्ष पूरा गरेको छ । सन् २०१० को नोभेम्बर ११ देखि संचालनमा आएको कम्पनीमा काठमाण्डौं उपत्यका एवं पोखराका सयौं रेष्टुरेण्टहरू आबद्ध छन् ।
आबद्ध रेष्टुरेण्टहरूका परिकारहरू कम्पनीको वेबसाइट तथा मोबाइल एप मार्फत अर्डर गर्न सकिन्छ । साथै कम्पनीले ग्रोसरी डेलिभरी सेवा पनि संचालन गर्दै आएको छ ।
‘संचालनको यो एक दशकभन्दा बढीको समय हाम्रो लागी निकै महत्वपूर्ण रहयो र यो अवधिमा हामीले निकै उतार चढावको अनुभव हासिल गर्यौं,’ कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारी भन्छन् ।
ग्राहकहरूको रुची र माग अनुसार हामीले हाम्रा सेवाहरूलाई थप परिस्कृत गर्दै देशका थप अरु प्रमुख शहरहरमा सेवा विस्तारको योजना रहेको अधिकारीले बताए ।
‘वार्षिक उत्सवको अवसरमा कम्पनीले आर्कषक छुटहरूको व्यवस्था मिलाएको छ । ११ दिनसम्म हरेक दिन १,१११ रुपैयाँको आकर्षक कम्बो डिल तथा केही आबद्ध रेष्टुरेण्टहरूसँगको सकहार्यमा विलकुलै नौलो परिकारहरू पनि आफ्ना ग्राहकसामु पस्कदैछौं,’ कम्पनीका ब्राण्ड, मार्केटिङ तथा बजार व्यवस्थापक प्रमुख श्याम रत्न मालीले भने ।