विश्वकै धनी व्यक्ति एलन मस्कले किन बेचे टेस्लाको सेयर ?

काठमाडौं । संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले इलेक्ट्रिक कार कम्पनी टेस्लाको ५ अर्ब अमेरिकी डलर बराबरको सेयर बेचेका छन्।

 

ट्विटरमा आफ्ना ६ करोड ३० लाख फलोअरसँग टेस्लाको १० प्रतिशत सेयर बेच्ने विषयमा गरेको सर्वेक्षणको परिणामलाई मान्दै केही दिनपछि मस्कले त्यसो गरेका हुन्।

 

उनले सेयर बेच्नुपर्नेमा धेरैले मत दिएको दुई दिनमा टेस्लाको सेयर मूल्य १६ प्रतिशतले घटेको थियो। बुधबार भने सेयर मूल्यमा केही सुधार भएको थियो।

 

१ खर्ब अमेरिकी डलर मूल्याङ्कन भएको टेस्ला संसारकै सबैभन्दा समृद्ध कार कम्पनी हो।मस्कको ट्रस्टले ४ अर्ब डलर बराबरको ३६ लाख सेयर बेचेको छ भने मस्कले थप ९,३४,००० सेयर पनि बेचेको अमेरिकी निकायले दिइएको दस्ताबेजमा उल्लेख छ।

 

सरकारी दस्ताबेजका अनुसार तीमध्ये २० प्रतिशत सेयर गत सेप्टेम्बरमा सहमति गरिएको बेचबिखन योजनाअन्तर्गत बेचिएको हो।गत शनिबार मस्कले ट्विटरमा एउटा सर्वेक्षण गर्दै कर जिम्मेवारी वहन गर्नका लागि टेस्लाको सेयर बेचौँ कि नबेचौँ भनेर सोधेका थिए।

 

सर्वेक्षणको परिणाम स्वीकारेर तदनुरूप गर्ने उनको प्रतिबद्धता थियो।सो सर्वेक्षणमा ३५ लाख जनाले मत दिएका थिए। तीमध्ये ५८ प्रतिशतले सेयर बेच्नुपर्ने भनेका थिए।

 

तलब नै सेयरमा

 

मस्कले टेस्ला कम्पनीले आफूलाई नगद नभई सेयरमा भुक्तानी गर्ने बताएका थिए । ‘मसँग सेयर मात्रै छ, त्यसैलै मैले व्यक्तिगत कर तिर्ने एक मात्र तरिका भनेको सेयर बेच्नु हो ।’

 

मस्कको सेयर कारोबार उनलाई टेस्लाले सन् २०१२ मा दिएको तलब सुविधा अन्तर्गतको सेयरमा भुक्तानी गर्ने व्यवस्थाअनुरूप हो।उनले सेयरमा भुक्तानी लिँदा आयकर तिर्नुपर्छ जुन सामान्यतया नयाँ प्राप्त सेयर बेचेर आएको रकमबाट तिरिन्छ।

 

उनले सन् २०१६ यता पहिलो पटक सेयर बेचेका हुन्। यसअगि उनले ६० करोड अमेरिकी डलर कर तिर्न केही सेयर बेचेका थिए।उनको कुल सम्पत्ति २ खर्ब ८० अर्ब अमेरिकी डलर बराबर छ।-बीबीसी

सम्झौता भएको ९ वर्षपछि बल्ल बन्यो कर्णाली करिडोरमा पक्की पुल Read Previous

सम्झौता भएको ९ वर्षपछि बल्ल बन्यो कर्णाली करिडोरमा पक्की पुल

फूडमाण्डुको एनिभर्सरी अफर, ११११ रुपैयाँमा कम्बो डिल Read Next

फूडमाण्डुको एनिभर्सरी अफर, ११११ रुपैयाँमा कम्बो डिल