काठमाडौं । नेपाल आयल निगमले दुई साता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि कात्तिक १३ गते भाउ बढाएको निगमले ११ दिन पछि नै फेरि भाउ बढाएको हो ।
बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ भाउ बढाएको हो । मूल्य वृद्धिसँगै अब पेट्रोल प्रतिलिटर १३६, डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
यस्तै, निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको छ । अब प्रतिसिलिण्डर १५७५ रुपैयाँ पुगेको छ ।
यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।
१५ दिनमै २ अर्ब ६२ करोड घाटा हुने भएपछि तेलको मूल्य बढाइएको निगमले जनाएको छ ।