काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न फेरि सस्तो टिकट अफर ल्याएको छ ।
यसअघि पनि पटकपटक विभिन्न अफर ल्याएको कम्पनीले दुई गन्तव्यको लागि सस्तो टिकट अफर ल्याएको हो ।
एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी जनकपुर र सिमराको टिकट सस्तो मूल्यमा किन्न सकिने जनाएको छ ।
एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं–जनकपुर एकतर्फी टिकट २ हजार रुपैयाँमा किन्न सकने छ । त्यस्तै, सिमरा–काठमाडौं एकतर्फी टिकट १ हजार ३०० रुपैयाँमा किन्न सकिनेछ ।
सिमरा–काठमाडौं अफर कात्तिक २३ गते र काठमाडौं–जनकपुर अफर कात्तिक २४ गते एक दिन मात्र लागू हुने एयरलाइन्सले जनाएको छ ।