१६ बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।

 

यसैैक्रममा, हालसम्म गत वर्षको नाफाबाट नेप्सेमा सूचीकृत १६ वाणिज्य बैंकहरूले लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले औसतमा १६.६५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

 

लाभांश घोषणा गर्ने बैंकहरुमध्ये १० वटाले १५ प्रतिशतभन्दा बढी घोषणा गरेका छन् भने ६ वटाले सोभन्दा कम दिने भएका छन् ।

 

हालसम्म नबिल, हिमालयन, नेपाल, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, सिटिजन्स बैंक इन्टरनेशनल, एनआइसी एशिया, एनएमबी, नेपाल बंगलादेश, सिद्धार्थ, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई र एभरेष्टले लाभांश प्रस्ताव गरेका हुन् ।

 

लाभांश घोषणा गर्नेमध्ये सिटिजन्स र कुमारीले साधरण सभाबाट पारित गरिसकेका छन् । त्यस्तै, माछापुच्छ्रे र सिटिजन्सले साधरणसभाको मिति तोकी बुक क्लोज गरिसेकका छन् भने अन्य बैंकहरु सभा बोलाउने तयारीमा छन् ।

 

लाभांश प्रस्ताव गरेका १६ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश नबिलले सेयरधनीलाई कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।

 

बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीको हातमा लाभांश पर्नेछ ।

 

कुन बैंकको कति ?

 

गत आर्थिक वर्षको नाफाबाट नबिलले सेयरधनीलाई ३८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । नबिलले संचित नाफाबाट ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, हिमालयनले गत आवका नाफाबाट २६ प्रतिशत, सानिमा बैंकले १७.८९ प्रतिशत, नेपाल बैंकले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

 

त्यसैगरी, एनएमबी १५.८० प्रतिशत, एनआइसी एशिया १५.७९ प्रतिश, माछापुच्छ्रेले १४ प्रतिशत, सिदार्थ १५ प्रतिशत, , कुमारीले ८.६७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले १३.०६ प्रतिशत, एभरेष्टले १०.३२ प्रतिशत लाभांश घोषणा गरेका छन् ।।

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा Read Previous

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

महँगियो बैंकको ब्याज, कुन बैंकबाट ऋण लिँदा सस्तो (बेसरेट सहित) Read Next

महँगियो बैंकको ब्याज, कुन बैंकबाट ऋण लिँदा सस्तो (बेसरेट सहित)