काठमाडौं । हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहार सुरु भएसँगै बजारमा चहलपहल बढ्न थालेको छ । बजारमा तिहारको लागि आवश्यक पर्ने सामग्री किन्ने मानिसहरुको भीड लागेको छ ।
तिहारको लागि चाहिने घर सजावटका फूलहरु, झिलिमिली बत्ति, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीका लगायतका सामग्री किन्नेको घुइँचोले बजार रमाइलो देखिएको छ ।

तिहार आएसंगै बजार, चोकचोकमा मान्छेको भीड लागेको छ । तिहारमा विशेषगरी दिदीबहिनीले दाजुभाइ विभिन्न परिकारसँगै उपहार दिने भएकाले पनि बजारमा किनमेल गर्नेको भीड लाग्ने गर्छ ।

काठमाडौंका जमल, असन, इन्द्रचोक, ठमेल, दरबारमार्ग, भृकुटीमण्डप, चाबहिल, नयाँ बानेश्वर लगायतका ठाउँमा किनमेल गर्नेहरुको घुइँचो नै लाग्ने गरेको छ । अन्य समय पनि भीडभाड हुने यी क्षेत्ररुह चाडपर्वको समयमा मेला लागे जस्तै देखिएका छन् ।

भाइ मसलादेखी झिलिमिली बत्तिसंगै,फूलमाला लगाएतका विभिन्न सामग्रीहरुले बजार साँच्चै हेर्न लायक बनेको छ ।बजारमा व्यवसायीहरुले अरु सामानहरुभन्दा तिहारको लागि आवश्यक पर्ने सामानको व्यापार बढी भएको बताउँछन् ।










