काठमाडौं । वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएकका छन् ।नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका हुन् ।
निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ प्रतिलिटर (११.६ प्रतिशत) बढाएको थियो । हवाई सेवा प्रदायकहरुले पनि सोही अनुपातमा इन्धन शुल्क (फ्युल चार्ज)का आधारमा भाडा बढाएका हुन् ।
हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढाएर ९६ रुपैयाँ पुर्याइएको छ । वायुसेवा संचालक संघले इन्धनको शूल्कको आधारमा न्यूनतम ९५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा वृद्धि गरेका छन् ।
काठमाडौं–धनगढी रुटको सबैभन्दा धेरै ४४० रुपैयाँ बढेको छ भने सिमराका लागि ९५ रुपैयाँ बढाइएको छ । बढेको शूल्कलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ ।
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साविकको तुलनामा ३४५ रुपैयाँ बढी पर्छ । यस्तै, काठमाडौंबाट जनकपुरमा १३०, भरतपुरमा १०५, भद्रपुरमा ३००, विराटनगरमा २४०, पोखरामा १५५ र भैरहवामा २०५ रुपैयाँ इन्धन चार्ज बढेको छ ।
यसैगरी, काठमाडौंबाट सुर्खेतमा ३४५, नेपालगञ्जमा ३३०, तुम्लिङटारमा १८५ र राजविराजको भाडा २०५ रुपैयाँ बढेको छ । पोखरा–भैरहवामा १३०, पोखरा–सिमरामा २२०, पोखरा–भरतपुरमा ११०, पोखरा–नेपालगञ्जमा २३५, पोखरा–विराटनगरमा ३५५ रुपैयाँ इन्धन शुल्क बढेको छ ।
कहाँको कति बढ्यो ?