काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले घोषणा गरेको यो लाभांश चार वर्ष यताकै उच्च हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।