यतीको सस्तो टिकट अफर : काठमाडौं-सिमरा १३०० रुपैयाँ, अन्य गन्तव्यको कति ?

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न फेरि सस्तो टिकट अफर ल्याएको छ ।

 

यसअघि पनि पटकपटक विभिन्न अफर ल्याएको कम्पनीले तीन गन्तव्यको लागि सस्तो टिकट अफर ल्याएको हो ।

 

एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी जनकपुर, सिमरा र भैरहवाकोे टिकट सस्तो मूल्यमा किन्न सकिने जनाएको छ ।

 

एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काडमाडौं-सिमरा एकतर्फी १ हजार ३००, काठमाडौं-जनकपुर एकतर्फी १ हजार ४०० रुपैयाँ र काठमाडौं-भैरहवाको टिकट १ हजार ८०० रुपैयाँमा काट्न सकिने छ ।

 

यो अफर नोभेम्बर १ देखि ५ तारिख (कात्तिक १५ देखि १९ गते)सम्म लागू हुने एयरलाइन्सले जनाएको छ ।

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ८ कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ८ कम्पनी

नबिल बैंकले घोषणा गर्‍यो चार वर्ष यताकै धेरै लाभांश, बोनस र नगद कति ? Read Next

नबिल बैंकले घोषणा गर्‍यो चार वर्ष यताकै धेरै लाभांश, बोनस र नगद कति ?