११ महिनामा ८ खर्ब रेमिट्यान्स भित्रियो, सबैभन्दा धेरै अमेरिकाबाट

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को ११ महिना (जेठ मसान्तसम्म) मा ७ खर्ब ९९ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ।

 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको यसै अवधिको ६ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

 

पछिल्लो समय औपचारिक माध्यमबाट पैसा पठाउने क्रम बढेकाले पनि रेमिट्यान्सको वृद्धि उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ । विशेष गरी भारत, कोरियालगायतका देशबाट औपचारिक माध्यममार्फत रकम आउन थालेकोले रेमिट्यान्समा उच्च वृद्धि देखिएको हो।

 

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा अमेरिकाबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष अमेरिकाबाट मात्रै १ अर्ब ६४ करोड डलर (करिब १ खर्ब ८३ अर्ब रुपैयाँ) रेमिट्यान्सको रूपमा भित्रिएको छ।

 

नेपालमा पैसा पठाउने मुलुकको सूचीमा भारत दोस्रो स्थानमा भारत रहेको छ । तथ्यांकअनुसार भारतबाट ८१ करोड डलर रेमिट्यान्स भित्रिएको छ।

 

त्यस्तै, साउदी अरेबियाबाट ७८ करोड, यूएईबाट ७४ करोड, मलेसियाबाट ६५ करोड, जापानबाट ५८ करोड रोमानियाबाट ४९ करोड डलर रेमिट्यान्स भित्रिएको छ।कोरिया, बहराइन र कतार पनि नेपालमा रेमिट्यान्स पठाउने मुलुकको शीर्ष दश भित्र रहेका छन् ।

 

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालीलाई जान प्रतिबन्ध लगाइएका इराक, लेवनान जस्ता मुलुकबाट समेत उच्च रकम रेमिट्यान्सका रुपमा आउने गरेको छ। इराकबाट गत आर्थिक वर्ष ८७ लाख र लेबनानबाट २४ लाख ८३ हजार अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ।

राजस्व छली गर्ने जो सुकै भए पनि सरकारले नछाड्ने Read Previous

राजस्व छली गर्ने जो सुकै भए पनि सरकारले नछाड्ने

सेजन अध्यक्षमा भीम गौतम, अन्य पदमा यस्ता छन् विजयी Read Next

सेजन अध्यक्षमा भीम गौतम, अन्य पदमा यस्ता छन् विजयी