सेजन अध्यक्षमा भीम गौतम, अन्य पदमा यस्ता छन् विजयी

काठमाडौं । आर्थिक पत्रकार समाज नेपालको आज भएको निर्वाचनमा कारोबार दैनिकमा कार्यरत भीमप्रसाद गौतम अध्यक्षमा निर्वाचित भएका छन् ।

 

गौतमले अध्यक्षका अर्का प्रत्यासी दि राइजिङ्ग नेपालका मोदनाथ ढकाललाई १० मतले पराजित गरेका हुन् । निर्वाचनमा गौतमले १२० मत पाएका थिए भने ढकालले ११० मत प्राप्त गरेका थिए ।

 

त्यस्तै उपाध्यक्षमा पनि कारोबार दैनिककै सरस्वती ढकाल बिजयी भइन् । ढकाल र अर्का प्रत्यासी विष्णु बेलबासेको बीचमा ८३/८३ मत भएपछि गोलाप्रथा गरिएको थियो । उपाध्यक्षका अर्का प्रत्यासी अनुज ढुंगेलले ६७ मत ल्याएका थिए ।

 

महासचिवमा क्यापिटलका सुजन ओली निर्वाचित भएका छन् । ओलीले अर्का प्रत्यासी एपी वान टेलिभिजनका अच्युत पौडेललाई ४० मतले पराजित गरे । ओलीले १३५ र पौडेलले ९५ मत ल्याए ।

 

त्यस्तै, सचिव पदमा नयाँ पत्रिकाका कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित भए भने कान्तिपुरका राजु चौधरीले ६५ र रिपब्लीकाका सागर घिमिरेले ७२ मत ल्याए ।

सदस्यमा विनय बञ्जारा, मुना कुँवर, सुजन ढुंगाना, हिमा विक र कमला अर्याल बिजयी भए ।

११ महिनामा ८ खर्ब रेमिट्यान्स भित्रियो, सबैभन्दा धेरै अमेरिकाबाट Read Previous

११ महिनामा ८ खर्ब रेमिट्यान्स भित्रियो, सबैभन्दा धेरै अमेरिकाबाट

घट्यो व्यापार घाटाः यी हुन् सर्वाधिक आयात र निर्यात हुने ५ बस्तु Read Next

घट्यो व्यापार घाटाः यी हुन् सर्वाधिक आयात र निर्यात हुने ५ बस्तु