काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । गत वर्ष मनकामना र स्मार्ट लघुवित्त मर्ज भएकाले कर छुट पाउने हुँदा कम्पनीले नगद छुट्याएको छैन ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।
लघुवित्तले गत असार १७ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
हाल १२ करोड ११ लाख ५० हजार चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपछि चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजार रुपैयाँ पुग्नेछ ।