काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.२६ प्रतिशत नगद गरी कुल १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको यो पहिलोपटक हो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।