एनआइसी एशिया बन्यो सबैभन्दा धेरै नाफा कमाउने बैंक, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । एनआइसी एशिया बैंक चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । एनआइसीले नबिललाई पछि पार्दै धेरै नाफा कमाउने बैंक बनेको हो ।

 

एनआइसीले सोमबार सार्वजनिक गरेको आव २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत धेरै हो। गत वर्षको पहिलो त्रैमासमा एनआइसीले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

 

एनआइसीले कमाएको नाफा नबिलकोभन्दा ७ करोड बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

 

समीक्षा अवधिमा एनआइसीको खुद ब्याज आम्दानी ४०.४२ प्रतिशतले बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको संचालन नाफा १४.९३ प्रतिशतले बढेर १ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

 

११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब २४ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा २ अर्ब १४ करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा २२ करोड ४५ लाख रुपैयाँ छ।

 

असोज मसान्तसम्ममा बैंकले २ खर्ब ७८ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३.०५ प्रतिशतले घटेको छ भने कर्जा लगानी ६.२६ प्रतिशतले सुधार भएको हो।

 

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४२.१४ रुपैयाँबाट घटेर ४०.८४ रुपैयाँमा झरेको छ ।

 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८९.९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.७८ गुणा, सीडी अनुपात ८५.३२ प्रतिशत, आधारदर ७.४८ प्रतिशत, स्प्रेडदर ४.०८ प्रतिशत र खराब कर्जा ०.४९ प्रतिशत रहेको छ ।

पहिलो त्रैमासमै दुई बैंकले कमाए १ अर्ब माथि, यस्तो छ वित्तीय अवस्था Read Previous

पहिलो त्रैमासमै दुई बैंकले कमाए १ अर्ब माथि, यस्तो छ वित्तीय अवस्था

बैंकिङ लिडर नबिललाई टक्कर दिँदै एनआइसी एशिया, नाफामा पछि पार्‍यो, कुन सूचकमा को अगाडि ? Read Next

बैंकिङ लिडर नबिललाई टक्कर दिँदै एनआइसी एशिया, नाफामा पछि पार्‍यो, कुन सूचकमा को अगाडि ?