काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न फेरि सस्तो टिकट अफर ल्याएको छ ।
यसअघि पनि पटकपटक विभिन्न अफर ल्याएको कम्पनीले शनिबार अफर अन्तर्गत दुई गन्तव्यको लागि सस्तो टिकट अफर ल्याएको हो ।
एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी जनकपुर र सिमराको टिकट सस्तो मूल्यमा किन्न सकिने जनाएको छ ।
एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं–जनकपुर एकतर्फी टिकट १ हजार ४०० रुपैयाँमा किन्न सकने छ । त्यस्तै, काठमाडौं–सिमरा एकतर्फी टिकट १ हजार ७०० रुपैयाँमा किन्न सकिनेछ ।
यो अफर अक्टोबर ३० तारिख (कात्तिक १३ गते) एक दिन मात्र लागू हुने एयरलाइन्सले जनाएको छ ।