काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन आजबाट बन्द भएको छ । खुल्ना साथ सवारी चालक लाइसेन्स अनुमति आवेदन दिने धेरै भए पछि अनलाइन सर्भर डाउन भएको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले एकै पटक एक्सेस बढेका कारण सर्भर डाउन भएको बताए । उनले प्राविधिक टोलीले सर्भर बनाइ रहेको उनले बताए ।
‘एकै पटक धेरै सेवाग्राहीले एक्सेस गरेकोले सर्भर डाउन भएको हो,’ हामी बनाउदै छौं, आज/भोलिमा सर्भर बन्छ,’ भुषालले चाणक्य पोष्टसँग भने ।
कोभिड १९ को दोस्रो लहरका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द रहेको थियो ।