८ इँट्टा उद्योगमा डोजर लगाउँदा १० करोडको क्षती

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँट्टा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा १० करोड रुपैयाँभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ ।

 

महासङ्घले जारी गरेको विज्ञप्तिमा उद्योगका चिम्नि, पाकेका इँट्टा, बासस्थान तथा कार्यालय भवन ध्वस्त हुँदा सो मूल्यबराबरको सामग्री क्षति भएको आरोप लगाउँदै त्यस कार्यको भत्र्सनासमेत गरेको छ ।

 

सरकारले उद्योग प्रतिष्ठानको विकास, प्रवद्र्धन र संरक्षण गर्नुपर्नेमा उल्टो डोजर लगाएर व्यक्तिगत सम्पत्ति नोक्सानी पुर्याउने, उद्योगी व्यवसायीलाई मानसिकरुपमा यातना दिने कार्य गरेकाले यसको छानविन गरी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकाय समक्ष महासङ्घले माग गरेको छ ।

 

त्यस्तै पछिल्लो समयमा काठमाडौँको चन्द्रागिरि नगरपालिकालेसमेत आफ्नो क्षेत्रभित्रका इँटा उद्योग सञ्चालनमा रोक लगाउन पत्र काटिसकेको भन्दै यसले संवैधानिक हक हननको घटना बढाएको महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

परम्परागत भुस्से इँट्टा बनाउन छोडेर आधुनिक प्रविधि प्रयोग गर्दै आएको र यसबाट वायु प्रदूषण कम गर्न योगदान पुर्याउँदै आएको जनाइएको छ ।

 

महासङ्घले इँटा व्यवसाय विद्यमान कानूनको विधि र प्रक्रियाअनुसार दर्ता भएका, कर तिर्ने गरेका र सामाजिक उत्तरदायित्वका कामसमेत गर्दै आएकाले ती देशका जिम्मेवार व्यवसायी भएको उल्लेख गरेको छ ।

१४९ जना यात्रु बोकेर ओसाका पुग्यो नेपाल एयरलाइन्सको वाइडबडी Read Previous

१४९ जना यात्रु बोकेर ओसाका पुग्यो नेपाल एयरलाइन्सको वाइडबडी

नयाँ सहर निर्माणका लागि ७ वर्षदेखि लगातार बजेट विनियोजन, यस्तो छ प्रगती Read Next

नयाँ सहर निर्माणका लागि ७ वर्षदेखि लगातार बजेट विनियोजन, यस्तो छ प्रगती